सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशमा माछा मार्न प्रतिबन्ध

। फोटो स्रोत ।
२०७६ जेठ ७, १०:५६ खबर संवाददाता

बंगलादेशमा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध छ। बंगलादेशको सरकारले माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउनका लागि ६५ दिन माछा मार्न प्रतिबन्ध लगाएको हो। सोमबार देखि बंगलादेशको तटीय क्षेत्रमा रहेका सबै प्रकारका माछा मार्ने जहाजमा तट रक्षकहरुले सो नियम लगाउंदैछन। 

तर हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने यो बाहेक अरु आम्दानीको स्रोत नभएको भन्दै सरकारी निर्णयको विरुद्धमा उत्रने तयारी गरिरहेका छन्। सरकारले प्रत्येक वर्ष २० मेदेखि २३ जुलाईसम्म माछा मार्न प्रतिबन्ध लगाउने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस