ब्राजिलमा एक बन्दुकधारी समुहद्धारा अन्धाधुन्ध गोली प्रहार :११ जनाको मृत्यु

ब्राजिलमा एक बन्दुकधारी समुहले गोली चलाउंदा ११ जनाको. मृत्यु भएको छ। ब्राजिलको उत्तरी भेगमा रहेको बेलम शहर नजिकको बारमा गोली चलेको नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागले जनाएको छ।
अनुहार ढाकेका करीब सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दिएको जानकारीका अनुसार गोली चलाउनु पछाडिको कारणबारे भने थाहा भएको छैन। अन्धाधुन्ध गोली चलाएर ती बन्दुकधारीहरु भागेका छन्।
यस्तै सात जना मध्ये एक जना बन्दुकधारी पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। पक्राउ परेका ती बन्दुकधारी घाइते अवस्थामा छन् भने सो घटनामा अन्य केही मानिस समेत घाइते भएका छन्।
आधिकारिक तथ्यांक अनुसार, बाज्रिलमा सन् २०१७ मा ६४ हजारको हत्या भएको थियो, जसमा ७० प्रतिशतको हत्या गोलीबारीकै कारण भएको थियो। ती बन्दुकधारीहरु मोटरसाइकल र तीन वटा कारमा आएको जनाईएको छ।




