सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १० पर्यटकीय गन्तव्यका लागि आएको ५ करोड बजेटमा अनियमितता

२०७६ जेठ ६, ०६:५४ नवराज पनेरु

सुदूरपश्चिममा राजनीतिक आडमा तोकीएका १० पर्यटकीय गन्तव्यका लागि आएको ५ करोड बजेटमा अनियमितता भएको आशंका बढेको छ। प्रत्येक पर्यटकीय गन्तव्यका लागि संघीय सरकारले पठाएको ५०÷५० लाखमा अनियमितता हुन थालेको आरोप लागेको हो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार एक गन्तव्य बराबर ५० लाख रुपैयाँ पूर्वाधार विकास र प्रचारप्रसारमा बजेट स्थानीय सरकारलाई दिईएको छ। कतिपय स्थानीय तहले थप बजेट पनि विनियोजन गरेका छन्। तर मन्त्रालयले पर्यटन विकासका लागि छनौट गरेका सुदूरपश्चिमका गन्तव्यहरुका लागि विनियोजन गरिएको बजेटमा अनियमितताको आशंका बढेको हो। पर्यटकीय गन्तव्यमा अधिकासं मन्दीरहरु छनौट गरिएकोमा स्थानीय सरकारले आफुखुसी बजेट खर्च गर्दै आएका छन्। कैलाली जिल्लामा बर्दगोरीया धामको विकासका लागि ५० लाख बजेट आएकोमा बर्दगोरीया गाउँपालिकाले थप १० लाख विनियोजन गर्दै माघिमा नुहाउन सहज होस भन्ने उद्येश्यले पोखरी निर्माण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष भगवतीदेवी डगौरा थारुले बताए। स्थानीय रमेश डगौराले पोखरी निर्माण गरि पर्यटन प्रवद्र्धन नहुने बताए।

बझाङ जिल्लामा पनि संघीय सरकारबाट दुर्गाथली गाउँपालिकाले गोरखनाथ मन्दिरका लागि पैदलमार्ग निर्माण गर्न ५० लाख बजेट पाएको थियो। तर उक्त मन्दिर कुनै एक समुदायको मात्रै भएकाले त्यस्ले पर्यटन तान्नेमा सुरुवातदेखि नै आशंका गरिदै आईएको छ। गाउँपालिकाले भने मन्दीर र मन्दीरमा धर्मशाला निर्माणमा ५० लाख सक्ने योजना बनाएको दुर्गाथली गाउँपालिकाका अध्यक्ष पदमराज जोशीले बताए। देशभरीका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा सुदूरपश्चिम प्रदेशका १० वटा मात्रै परेका थिए। सुदूरपश्चिमका ९ जिल्लामा १० वटा नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र पनि छनौट गरिएको थियो। तर नाम ंनसुनेका पर्यटकीय क्षेत्रका लागि आउने बजेट तीनै नेताहरुले कुम्ल्याउने त होईन्न भन्ने आशंका बढ्दै गएको थियो। अहिले पर्यटकीय गन्तव्य नै बनाउने योजना अनुसार कुनै पनि क्षेत्रमा काम हुन सकेको छैन्। सुर्यकोट मष्टादेवीको मन्दीर निर्माणका लागि अछामको मंगलशेन नगरपालिकाले पनि ५० लाख बजेट पाएको नगरपालिकाका मेयर पदमवहादुर बोहराले बताए। 

सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसँग छलफलका आधारमा नयाँ गन्तव्य छनोट गरिएको थियो। पर्यटकीय सम्भावना बोकेका धेरै सम्पदा हुँदाहुँदै नामै नसुनेको मन्दिरलाई गन्तव्यमा पारिएपछि अहिले विरोध भईरहेको छ। राजनीतिक पहुँच दुरुपयोग गरेर गन्तव्य तोकीदा पर्यटन प्रवद्धन हुने आशा पनि निराशाा परिणत हुन थालेको छ। तर पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेका कतिपय गन्तव्यहरु छनौट भएपनि तिनिहरुमा अहिले सम्म काम हुन सकेको छैन्। डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर विपिन ओझाले अमरगढी किल्लामा काम गर्ने अनुमती समेत नपाएको बताए।

नयाँ र विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यहरुका लागि सरकारले ५० लाखका दरले सुदूरपश्चिममा ५ करोड बजेट विनियोजन गरेपनि स्थापीत तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्यका लागि भने कुनै योजना समेत बनाउँन सकेको छैन्। कैलालीको टिकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले स्थापीत तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्यका लागि कुनै बजेट विनियोजन नभएको बताए। कैलालीको घोडाघोडी ताल, टिकापुर सर्किट, भादागाउँ होम स्टेलाई स्थापित पर्यटकीय गन्तव्यमा राखिएको थियो भने नयाँ बनाउन पर्नेमा बर्दगोरीया मन्दीर धामलाई राखिएको थियो।

यस्तै कञ्चनपुरमा दोधारा चाँदनी स्थापिततथा भम्केनी धाम र बन्दा ताल क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यमा राखिएको थियो। डडेल्धुरामा अमरगढी र उग्रतारालाई नयाँ पर्यटकीय गन्तव्यमा राखिएको थियो भने बैतडीमा त्रिपुरासुन्दरी स्थापितमा पर्दा शिद्धनाथ उदयदेव धार्मिक स्थल स्थापित हुन बाँकी पर्यटकीय क्षेत्रको सुचीमा अटाएको थियो। दार्चुलामा अपी नाम्पा संरक्षण क्षेत्र स्थापित पर्यटकीय गन्तव्यमा राखिएको थियो भने मालिकार्जुन स्थापित हुन बाँकीको सुचीमा थियो। अछाममा रामारोशन स्थापितको सुचीमा परेको छ भने सुर्कोट मष्टादेवी मन्दीर स्थापित हुन बाँकी पर्यटकीय क्षेत्रमा राखिएको थियो। डोटीमा खप्तड र शैलेश्वरी स्थापित पर्यटकीय क्षेत्रको सुचिमा पर्दा बडिकेदार धार्मिक क्षेत्र नयाँ र विकास गरिनुपर्ने पर्यटकीय क्षेत्रको सुचीमा थिए। बझाङमा गोरखनाथ मन्दीर नयाँ पर्यटकीय गन्तव्यको सुचीमा परेको थियो भने बाजुरामा बडिमालिका स्थापित र कोल्टी–बडिमालिका पदमार्ग विकास गरिनुपर्ने गन्तव्यमा परेको थियो। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस