धनगढीमा एक दिने सिसी टिभी क्यामेराको बारेमा प्रशिक्षण

धनगढी : कैलालीको धनगढीमा एक दिन सिसी टिभी क्यामेराको बारेमा प्रशिक्षण दिइएको छ। धनगढीमा रहेको उग्रतारा टेक्निकल गुड्सको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा टियाण्डी बान्डका उत्पादनका सिसी क्यामेराको विषयमा जानकारी दिएको हो।
टियाण्डी बान्डका सिसी भिटी क्यामेराको उतपादन तथा प्राविधिक ज्ञानहरु दिइएको हो। कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता हाइटेक इन्टरनेसनको सहयोगमा कार्यक्रम गरिएको उग्रतारा, धनगढीले बताएको छ। टियाण्डीका नेपा म्यानेजर नवीन भण्डारी अध्यक्ष रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख नरसिंह राणा प्रमुख अतिथि रहेका थिए। कम्पनीले उत्पादन, सेवा सुविधा, गुणस्तर, प्राविधिक पक्ष तथा मर्मतको विषयमा जानकारी दिएको हो।

