सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

२०८३ कार्तिक १०, ०८:३६ खबर संवाददाता

काठमाडौंः नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ। हिजो यसको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो।त्यस्तै, आज युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा पुगेको छ।

पाउण्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा कायम भएको छ। स्वीस फ्र्यांकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा पुगेको छ। अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा रहेको छ।

त्यसैगरी, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा पुगेको छ। सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

कमेन्ट लोड गर्नुस