सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य घट्यो

२०८३ कार्तिक ८, ०२:०७ रासस

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य ११ हजार ७०० र चाँदीको मूल्य २३० ले  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९५५ कायम भएको छ । गत कात्तिक २ गते छापावाल सुन प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएकोे थियो । दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन । 
 

कमेन्ट लोड गर्नुस