दिनेश खबरकर्मी ऋतुका श्रीमान ओझाको निधन

धनगढी : दिनेश खबरकी संवाददाता ऋतु ओझाका श्रीमान चूडामणिको निधन भएको छ।
सशस्त्र प्रहरीका जवान चूडामणि ओझाको आइतवार निधन भएको हो।

बैतडीको मेलौली नगरपालिका–६ गाजरीका चूडामणि ओझाको सशस्त्र प्रहरीको अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। उनको टाउँकोको शल्यक्रिया गरिएको थियो। उनको दरबन्दी बैतडी गुल्ममा रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ।

शल्यक्रियापछि उनी लामो समयदेखि सशस्त्र प्रहरीको अस्पतालको आइसीयूमा उपचाररत थिए।
दिनेश सञ्चार गृह मृतक ओझा प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवार प्रति समवेदना प्रकट गर्दछ।