सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार उन्नति चौधरी पुरस्कृत

२०८२ जेठ ४, १२:००

धनगढी : कैलालीबाट सक्रिय पत्रकारिता गर्दै आएकी उन्नति चौधरी रोटरी जर्नो अवार्डबाट पुरस्कृत भएकी छिन्।

रोटरी जर्नो इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आयोजित रोटरी जर्नो अवार्ड २०२४–२०२५ बाट पत्रकार उन्नति चौधरी सहित सात जना पुरस्कृत भएका छन्।

मानसिक तथा बाल स्वास्थ्यका क्षेत्रमा काम गरेको भन्दै उन्नति चौधरी, खोजी पत्रकारिताका क्षेत्रमा क्रियाशील पत्रकार अनिता भेटवाल, स्वास्थ्य क्षेत्रमा पत्रकारिता गरेकी कल्पना आचार्य, सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम गरेका सागर परियार, आधारभूत शिक्षा तथा साक्षरताका क्षेत्रमा क्रियाशील रहेको नारायण किलम्बु, पवन वर्षा शाह र स्वतन्त्र फोटो पत्रकार विकास रौनियारलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु ५१ हजार रहेको छ।

 

कमेन्ट लोड गर्नुस