सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डले आज समितिलाई जवाफ दिने

२०८० फाल्गुन १६, ११:०५ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको छ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीलाई छलफलका लागि बोलाइएको समितिले जनाएको छ। आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ।

विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा जवाफ माग्न प्रधानमन्त्री दाहाललाई बोलाइएकोे समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस