राहदानी चोरी मुद्दामा फरार डोटीका एक जना धनगढीबाट पक्राउ
२०८३ असार ५, ०७:२५
धनगढीः चोरी मुद्दामा फरार डोटीका एक जना कैलालीको धनगढीबाट पक्राउ परेका छन्।
जिल्ला अदालत डोटीको फैसलाले राहदानी चोरी मुद्दामा २ महिना कैद सजाय र २ लाख ५० हजार जरिवाना तोकिएको डोटीको शिखर नगरपालिका-१ बस्ने ४५ वर्षीय मेख शाही पक्राउ परेका हुन्। शाहीलाई कैलालीको धनगढी उपमहानगरपालिका-६ जालीबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले विहीबार पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस