हाडनाता करणी र खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ
कञ्चनपुरः हाडनाता करणी र खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागूऔषध खैरो हिरोइन मुद्दामा १ वर्ष दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१८ जानकीटोल बस्ने ३० वर्षीय ओम प्रकाश जोशी र हाडनाता करणी मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–९ ब्रहमदेव बस्ने २८ वर्षीय सन्तोष राम ओड रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।
१.