अख्तियारलाई आरजुको जवाफ : ‘३ दिनभित्र उपस्थित हुन सक्दिन’
काठमाण्डाै :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्वमन्त्री आरजु राणा देउवाले इमेल पठाएकी छन्।
हिजो आयोगको टोली बूढानीलकण्ठमा रहेको देउवा निवासमा पुगेर ३ दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो । नवयुवा आन्दोलनका क्रममा जलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले म्याद तामेल गरेपछि राणाले ३ दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गरेकाे अख्तियार स्रोतले जनाएको छ ।
राणाले इमेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गरेकि छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएकी काँग्रेस नेत्री आरजु राणा र उहाँका श्रीमान् तथा पूर्वप्रधानमन्त्री एवम् काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर छन् ।
राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, जर्मन कम्पनी मुह्रबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ।
।
राहदानी खरिदमा भएको भनिएको अनियमिततामा ३५ जनाभन्दा धेरैमाथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ । प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झन्डै ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दाबी छ।