सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाहदेखि हत्यामा संलग्न १७ जना दोषी पक्राउ (नामसहित)

कैलालीमा धमाधम फरार दोषीहरु पक्राउ पर्दै

२०८० फाल्गुन १५, १०:०५ खबर संवाददाता

धनगढीः कैलालीमा बसेर विभिन्न अपराधमा संलग्न दोषीहरु धमाधम पक्राउ पर्न थालेका छन्।

बहुविवाहदेखि हत्यामा संलग्नसम्मै अदालतबाट दोषी ठहर भएका तर फरार रहेकाहरु धमाधम पक्राउ पर्न थालेका हुन्। प्रहरीले दुई दिनको अवधिमा कैलालीबाट १७ जना फरार दोषीहरुलाई पक्राउ गरी अदालतमा उपस्थिती गराएको छ। प्रहरीले आइतबार र सोमाबार कैलालीबाट १७ जना फरार दोषीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले लागुऔषध (नाईट्रोभेट÷खैरो हिरोईन) मुद्दामा १६ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–१ का शम्भु सेवालाई पक्राउ गरेको छ। त्यस्तै लागु ौषध (खैरो हिरोइन) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–१ का बिबेक नेपाली, लागुऔषध (नाईट्रोभेट) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–८ का भक्तु राना, बहुबिबाह मुद्दामा १ बर्ष कैदसजाय र पाँच हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ का बहादुर थापा र चोरी मुद्दामा १९ दिन कैद सजाय र दुई हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–१ का अर्जुन चौधरी पक्राउ परेका छन्।

प्रहरीले नाता कायम मुद्दामा २ सय ५० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–९ कि आस्था कुँवर, चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका जानकी गाउँपालिका– ८ का निर्पबहादुर भण्डारी, चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–९ का तुलबहादुर धामी र चेक अनादर मुद्दामा एक हजार ८ सय जरिवाना ठहर भएकि टीकापुर नगरपालिका–१ कि शोभासिंह ठकुरीलाई पक्राउ गरेर अदालतमा उपस्थिती गराइएको छ।

त्यस्तै लागुऔषध मुद्दामा ९ वर्ष ९ महिना २२ दिन कैद सजाय र एक लाख जरिवाना ठहर भएका लम्कीचुहा नगरपालिका–१ लम्कीका भुपेश भन्ने शिशिर थापा, टीकापुर नगरपालिका–१ का जुवा मुद्दामा फरार नृपबहादुर बिष्ट, टीकापुर नगरपालिका–१ कै गाली बेइज्जती मुद्दामा फरार भएकी संगिता कुवँर र टीकापुर नगरपालिका–१ का गाली बेइज्जती मुद्दामा फरार मीनबहादुर कुवँर पक्राउ परेका छन्।

त्यस्तै भजनी नगरपालिका–७ का जालसाँची मुद्दामा फरार राम चुन्नी डगौरा थारु, भजनी नगरपालिका–७ कै जालसाँची मुद्दामा फरार खुशीराम डगौरा, भजनी नगरपालिका–१ का चेक अनादर मुद्दामा फरार पुरन जैशी र जानकी गाउँपालिका–१ का ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय ठहर भएका सोनु बोगटी पक्राउ परेका छन्।

कमेन्ट लोड गर्नुस