सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि प्रदेश ३ को अधिवेशन सुरु हुँदै

। फोटो स्रोत ।
२०७६ वैशाख ३०, ११:५६ खबर संवाददाता

प्रदेश नम्बर–३ को प्रदेश सभाको वर्षे अधिवेशन आजबाट सुरु हुँदै छ। आज प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नम्बर ३ को राजधानी र नामाकरणको विषयले प्रवेश नपाउने बताउँदै उनले एक हप्तापछी मात्र राजधानीको विषयलाई प्रवेश गराउन सकिने बताए।

सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। आइतबार सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न ८ वटा विषयलाई बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो। 

यस्तै आज देखि सुरु हुने उक्त बर्षे अधिवेशनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्नसक्ने आंकलन गर्दै प्रदेशसभा सचिवालयले मर्यादापालक समेत थप गरेको छ। प्रदेश राजधानी र नामाकरणको विषयलाई जतिसक्दो छिटो टुंगो लगाउनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो।  

हिउँदे अधिवेशनमा राजधानीको विषय टुग्याउने भनिए पनि बैठकमा उक्त विषयले प्रवेश नपाएपछी कांग्रेस सांसदहरु रुष्ट भएका थिए। वर्षे अधिवेशनमा पनि राजधानीको विषय टार्न षड्यन्त्र गरिएको भन्दै प्रतिपक्षी कांग्रेसले बैठकको सुरुमै त्यो विषयले प्रवेश पाउनुपर्ने माग गर्दै आएका छन्। हरेक अधिवेशनमा राजधानी र नामाकरणको विषय टुंग्याउने भनिए पनि अझैसम्म यो विषय टुंगो लाग्न सकेको छैन।

कमेन्ट लोड गर्नुस