कैलालीको गौरीगंगामा विद्यार्थीहरुबिच ‘ग्याङफाइट’, ८ जना पक्राउ
धनगढीः कैलालीको गौरीगङ्गामा विद्यार्थीहरुबिच ग्याङ फाइट भएको छ।
गौरीगंगा नगरपालिका–१ गोप्काका विद्यार्थीहरूबिच झडप भएको छ। पशुपति मावि गोप्काका विद्यार्थीहरूबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थीलाई पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।