सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चोरी मुद्धामा फरार रहेका दुई जना पक्राउ

२०८० माघ २२, ०५:०३ खबर संवाददाता

धनगढीः कैलालीमा चोरी मुद्धामा फरार रहेका दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेका छन्।

दुबै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरीवाना तोकेको थियो। उनीहरु सोहि दिनबाटै फरार रहेका थिए। दुवै जनालाई पक्राउ गरि अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस