सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न, जनमुक्ति सेनाका घाइतेको विवरण छ?

२०८० माघ १६, ०८:०९

सर्वप्रथम त, १० वर्षे जनयुद्धका महान र नेतृत्वकर्ता, वर्तमान नेपाली राजनीतिका कुशल कमान्डर, देशका सम्मानित प्रधानमन्त्री क.प्रचण्ड ज्यू लाल सलाम !

मे एक तपाईको शुभ चिन्तक, पार्टीको एउटा कार्यकर्ता। राजधानीबाट अलि टाढा हरेको सुदूर पश्चिमको कैलाली जिल्लाको गौरीगङ्ग नगरपालिका बाट। आज एउटा कुरा लेख्न मन लाग्यो। भन्न मन लाग्यो। सुनाउन मन लाग्यो। बहकिन मन लाग्यो र जिज्ञासा पनि लाग्यो । हुन त तपाईलाई प्रश्न गर्ने हैसियत मेरो छैन होला ! म मा मेरो प्रश्न त्यहाँसम्म पुग्छ पुग्दैन त्यो पनि थाहा छैन। तर, पनि तर के गर्ने तपाई पनि यो देशको नेतृत्वकर्ता त्यही माथि हाम्रो गौरवशाली पार्टीको अध्यक्ष, अनि सम्मानित प्रधानमन्त्री।

धेरै त मलाई केही थाहा छैन। २०५२ सालदेखि २०६२ साल सम्मको परिवर्तनको एउटा युद्ध जनयुद्धको नेतृत्वकर्ता हजुर हो। हजुरले गरेको त्यो नेतृत्वबाट नै आज हामी नागरिकले गणतन्त्र प्राप्त गरेका छौ। अप्रत्यक्षमा तपाईका तस्बिर र शब्द सुन्न पाइन्थ्यो। खोजी–खोजी हेर्ने र सुन्न मन लाग्थ्यो। तर, मैले प्रत्यक्ष रूपमा तपाइलाई २०६२ सालमा जब तपाई धनगढी आउनु भएको थियो, त्यति बेला तपाईको अनुहार हेर्ने अवसर पाए। हामी धेरै आतुर थियौ। त्यो बेला किन कि तपाईलाई हामी प्रत्यक्ष रूपमा देख्न पाउन्छौ, भनेर खुसी थियौ। खुसीले हाम्रो गाउँ नै तपाईलाई हेर्ने ट्याक्टर चढेर धनगढीसम्म आउने मौका पाएको थिए। यही क्रममा तपाइको केही शब्द सुन्ने मौका समेत मिल्यो। खुसी लाग्यो। जनयुद्धका नायक आफ्नै अगाडि हेर्ने पाउँदा तपाईले भनेका शब्द सुन्न पाउँदा।

त्यसपछि मैले तपाईको बारेमा जान्न मन लागेर तपाईको जीवनीको अध्ययन गरे। तपाई मिति २०११ साल मंसिर २६ गते कास्की जिल्लामा जन्म भएको रहेछ। तपाईले २०२८ सालमा राजनीतिमा प्रवेश गरेर राजनीतिको सुरुवात गर्नु भयो। २०३९ सालमा मोहन विक्रम सिंहले नेतृत्व गर्नुभएको कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भयो। त्यही क्रम जारी हुँदै गर्दा फेरि तपाई मोहन वैद्य (किरण)ले नेतृत्व गर्नु भएको नेकपा मसालमा प्रवेश गरेसँगै २०४६ सालमा पार्टीको महामन्त्री हुँदै सक्रिय राजनीतिक यात्राको थालनी गर्नु भयो। त्यही क्रममा २०५२ सालदेखि २०६२ सालसम्मको १० वर्षे जनयुद्धको नेतृत्व गर्नु भयो। जनमुक्ति सेनाको सुप्रिमो कमान्डरसहित पार्टी अध्यक्षको शक्तिशाली पदमा बस्नुभयो।

त्यही राजनीतिक यात्राका क्रममा हिमालमा बस्ने गरिब भोटे, शेर्पा पहाडमा बस्ने गरिब बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, मगर साथै तराईमा बस्ने चौधरी, मधेसमा बस्ने मधेसीलाई उहाँहरूको हकहित र अधिकारको लागी लड्छु भन्ने बाचा कसम पनि खानु भयो। र लड्नु भयो । तपाईले खाएको त्यो बाचा सङ्गै तपाई सङ्ग लड्ने हजारौँ नेपाली दाजु भाइ दिदी बहिनीहरु तयार भए। लडे र त्यो लडेर जितेर ल्याएको उपलब्धि नै आजको गणतन्त्र हो।

१७ हजार सहिद भए। थुप्रै दाजु भाइ दिदी बहिनीहरू घाइते अपाङ्ग भए। तर, सबै खुसी भए। किन कि जस्का विरुद्ध जे का विरुद्ध लडाइ लडेका थियौ। सफल भएको खुसीमा सहिदका छोरा छोरी आमा बुवा खुसी भए। अपाङ्ग सिपाही जनमुक्ति सेना खुसी भए। घाइते दाजु भाइ दिदी बहिनी खुशी भए। कि कि हामीले गणतन्त्र पायौ र तानासाही राजतन्त्रको अन्त्य गरेउ। हिजो १० वर्ष जनयुद्ध लडेका ती सिपाही जसमध्ये मेरै आफ्नै दाइहरूले पनि त्यो जनयुद्धको कुरा सुनाउदा आज कहानी जस्तै लाग्छ। उहाँ भन्नू हुन्छ हिजोका ती जनमुक्ति सेना नै तपाईका असल बडीगार्ड थिए। ती नै धेरै बफादार थिए। तपाईले भनेका हरेक कमाण्डमा जे गर्ने पनि तयार हुन्थे। के आज हामीले जनमुक्ति सेनाका सहिद, घाइते अपाङ्गको सम्पूर्ण विवरण हामी सङ्ग छ त ?

जब यो देशमा गणतन्त्रको स्थापना भयो। गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री तपाई बन्नु भयो। आम नागरिकमा खुसी छायो। सबै खुसी भए। सहिदका परिवार खुसी भए। घाइते अपाङ्ग जनमुक्ति सेना खुसी भए। गरिब, दलित, महिला, पिछडिएका वर्ग सबै खुसी भए। २०६३÷२०६४ को चुनावमा हामी यो देशको पहिलो प्रथम ठुलो शक्ति भएर हामीले नेतृत्व गरेउ। हामी सरकारमा भएर थुप्रै जनतामुखी कार्यक्रमहरू ल्याउदै जनताका आधारभूत आवश्यकता गाँस, बास, कपासलाइ प्राथमिकतामा राखेर जनताका काम गर्दै गरेउ र हामीसँग जनता खुसी हुदै गए।

तर, जब यो देशमा हामी पहिलो शक्ति भयउ। केही व्यक्तिगत स्वार्थ भएका पुजीवादी दलालहरू पार्टीमा प्रवेश गरे। उनीहरूले स्वार्थ लगे किन कि उनीहरूसँग पुजी थियो। रातदिन काठमाडौँ बस्न सक्ने तागत थियो। उनीहरूले भेटे र तपाईलाई पनि कुरा सुनाए । आफ्नो स्वार्थ पूरा गरे ती मध्यका अहिले चर्चित अनुहार दुर्गा प्रसाईं पनि एक हुन। पुजीवादी दलाल जब पार्टीमा हाबी भए, काठमाडौँबाट दुर दराजका नेता कार्यकर्ताको भेटघाटमा पातलो हुँदै गयो। पार्टी भित्र निरास छाउदै गए। पछि पार्टीको बिचको भाग तिर मोहन कमरेड लगाएतले पार्टी छोड्नु भयो। पार्टी फुट्दै जादा खेरी असल जनयुद्ध लडेकादेखि पार्टी प्रति माया भएका आम नेता कार्यकर्ता र जनतामा निराश बोज हुँदै गयो। र फलस्वरूप २०७० सालको चुनावमा हामी ६ वर्षको अवधीमा तेस्रो शक्ति हुन पुग्य्यौ। यस्को समीक्षा हजुरले गर्नु नै भएको होला?

बिस्तारै त्यही क्रममा हामी सत्तामा हुँदै गर्दा अझै रहेका केही पुजीवादी दलाल भ्रष्टहरू स्वार्थको लागि तपाई सङ्गै नजिक हुँदै गए। स्वार्थ पूरा गर्दै गए। दुर दराजका नेता कार्यकर्तासँगको भेटघाट भन्दा पनि त्यता तिर समय बितेको मेरो बुझाइ छ। किन कि युद्ध लडेका माओवादी भएका जनतामा भनेकै गरिब जनता हुन। गरिब गएर काठमाडौँ बस्न सक्ने हैसियत थिएन। होटेल मिटिङ गर्ने सक्ने ल्यागत थिएन। त्यही अनुरूप तपाई र दूर दराजका नेता कार्यकर्ताको भेट पातलो र पुजीवादी व्यापारीसँगको भेट बाक्लो हुन पुग्यो। त्यो नियत बस नहुन पनि सक्छ, बाध्यता पनि हुन सक्छ। तर, तल्लो स्थरका कार्यकर्ताको बुझाइ भने तपाईले पनि साथ छोडे जस्तो महसुस गर्नु भयो। यो यथार्थ हो र वास्तविकता पनि हो।

त्यसपछि पार्टी भित्र कै सहकर्मी वरिष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराईले पनि २०७२ सालमा पार्टी छाड्नु भयो। झन पार्टी कमजोर हुँदै गयो। तर, पनि पार्टीको संगठन नबनाउने। त्यो बेलाको लाजिम्पाट, बालुवाटार, पेरिसडाडा वरिपरि हिड्न सक्ने बस्न सक्ने आउन सक्नेहरुको विश्वसले विभिन्न नियुक्ति दिदै जानू भयो। कोही समानुपातिक माननीय त कोही राजदूत त कोही राष्ट्रिय सभा माननीय त कोहि नेपालका ठुल ठुला निकायका प्रमुखदेखि सहायकसम्म तपाई कै निर्देशनमा काम भए। तर, जो रातदिन गाउँ मै बसेर संगठन बनाउने केही पात्रको मुल्याँकन भएन किन ? कि उनीहरूलाई पार्टीको माया थियो भने काठमाडौँ जान आउन र घुम्न सक्ने शक्ति पैसा सम्पत्ति थिएन। चुनाव लड्ने रोल्पा, रुकुम, बाजुरा, बझाङ, अछाम, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कंचनपुर, जाजरकोट, कालीकोट जाने। तर, घर चाहिँ धनगढी, नेपालगन्ज, बुटवल। पोखरा, काठमाडौँ बनाउने र बस्ने यस्तै प्रवृत्तिले पार्टी भित्र निरासपन आयो । र हामी कमजोर हुँदै गएउ । फलस्वरूप पार्टी गठबन्धनमा चुनाव लड्नु पा¥यो।

२०७४ सालमा एमालेसँग को गठबन्धनसँगै हामी सरकार र सत्तामा भयौ। त्यो बेला पनि दलाल भ्रष्ट पुजीवादी तपाई कै वरिपरि थिए। कोही नाता लगाउदै बसे त, कोही मीत लगाउदै बसे । यति मात्र होइन कोही परिवारका सदस्यसँग नाता लगाउदै हिडे। नाता लगाउनु गलत होइन। तर, त्यो नाताको गलत प्रयोग भएको देख्दा, भन्न मन लाग्यो। त्यो पार्टी भन्दा व्यक्तिको स्वार्थमा केन्द्रित भयो। सत्ता भन्ने बित्तिकै मरिहत्ते गर्ने केही तपाई कै नजिकैका पात्र नेकपाको विघटन भएपछि मन्त्री कै पदको लागि लेखराज, टोप बहादुर, गौरीशंकर, मणि थापा लगाएत एमालेमा बिलिन भए। जस्को फल स्वरूप हामी थोरै कम्जोर हुँदै गयौ। र २०७८ को चुनावमा फेरि गठबन्धन गरेर चुनावमा हुमियौ। र फेरि तेस्रो शक्ति भयौ । अहिले यो देशको नेतृत्व हामीले गर्दैछौ । तपाईले गर्दै हुनुहुन्छ। फेरि पनि एउटा विडम्बना समानुपातिकदेखि थुप्रै नियुक्तिमा हामी असल र जो संगठनको लागि खटेका भन्दा अलि बढी त्यही पुजीवादी नातावादी कृपावादी र खुमलटार, बालुवाटार, सिंहदरबार र पेरिसडाडा वरिपरि नै हाबी हुँदै गर्दा केही असल जो पार्टी कै लागि लड्ने भिड्ने र पार्टीको हु भन्दै छाती पिट्नेहरू निराश भए। कुनै एक चोकमा म पार्टीको हु भन्न डराउनेहरू पार्टीका लागि एक शब्द नलेख्नेहरू, चोकमा गएर माओवादीले के ग¥यो भन्नेहरूले नै अवसर प्राप्त गर्दै गर्दा असल पार्टीको लागि लड्ने भिड्नेहरूमा निराश पन चाहिँ आएकै हो। यस्को बारेमा पनि समीक्षा नै गर्नु होला ?

हुदा हुँदै पार्टीलाई फेरि पुन जीवित दिन भनेर ३ महिने अभियान भदौ १६ गते बाट सुरु भयो। र बिचको चाडपर्वले गर्दा हाम्रो अभियान पुस १६ गते समापन भयो। उक्त अभियानमा थुप्रै जिल्लाको इन्चार्ज, पालिका इन्चार्जहरू तोकिए र जिम्मेवारी दिइयो। कोही रातदिन पार्टी भन्दै लागे भने कोही एक दिन आफ्नो क्षेत्रमा नगएर घर बसे। तर, फेरि त्यही विडम्बना हामीले देखौ अभियान मै नगएकाहरू माननीय हुँदै नियुक्ति खादै हाम्रै अँखा अगाडि आउदा हाम्रो मन के हुन्छ भन्नुस त सुप्रिय ज्यू ?

अब प्रश्न गर्ने मन लाग्यो पार्टीमा गुट, नाता, पैसा र काठमाडौँ बस्न सक्ने को मात्र हो त? चुनाव लड्दा एउटा वडा सदस्य जित्न नसक्नेहरुलाई माननीय मन्त्री, राजदूत बनाउदै गर्दा पार्टी बन्ला त ? के पार्टीमा यही प्रवृत्ति हावी हुन्छ त ? काठमाडौ घर बनाएर बिकट जिल्लामा नामावली गरेर एक दिन गाउँ नजाने र चुनावको बेला टिकट लिएर चुनाव लड्ने हरू बाट पार्टी बन्ला र?

त्यसैले अझै बिग्रेको छैन। अझै हामी पहिले परिवर्तन भयौ भने सुधिरिएर गयौ भने पार्टी बन्छ। पार्टीको एउटा सामान्य कार्यकर्ताको कुरा तपाईसम्म पुग्ने आधार बनाउनुस। गुटबन्दीको राजनीतिलाई अन्त्य गराउनुस। प्रत्यक्ष रूपमा चुनावद्रारा नेतृत्व चयन गर्ने कार्यविधि बनाउनुस। केन्द्रीय, प्रदेश कमिटी सानो र क्रियाशील बनाउनुस। २०५२ साल यताका सम्पूर्ण सहयोद्धा कमरेड मोहन, बाबुराम, विप्लव लगाएत सहकर्मी योद्धाहरूसँग पार्टी एकताको लागि पहल गर्नुस। परिवर्तन र गणतन्त्रको अर्को नाम हो जनयुद्ध । जनयुद्धका नायक हुन पुष्पकमल दाहल (प्रचण्ड)।

करन साउँद माओवादी केन्द्र, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कैलाली

 

कमेन्ट लोड गर्नुस