सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनसेल प्रकरणमा उच्चस्तरीय छानबिन समितिले बुझायो प्रतिवेदन

२०८० माघ १५, ०८:५४ खबर संवाददाता

काठमाडौँः एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमवार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले  प्रधानमन्त्री प्रचण्डलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्। आजियाटाले सरकारलाई जानकारी नदिई एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको आरोपपछि सरकारले छानबिन समिति बनाएको थियो।

सरकारले गत मंसिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।
 

कमेन्ट लोड गर्नुस