सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा १५ प्रतिशतले गरे स्वास्थ्य बिमा

२०८० माघ १४, ०३:१० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा करिब १५ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन्।

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षसम्म पनि न्यून जनसंख्या मात्रै कार्यक्रममा आबद्ध भएको हो। स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय डडेल्धुराका अनुसार २०७६ फागुनदेखि अहिलेसम्म ८ हजार सात सय ६५ परिवारका २० हजार ६ सय १६ नागरिकले स्वास्थ्य बिमा गरेका छन्।

जुन कुल जनसंख्याको १४ दशमलव ७७ प्रतिशत हुन्छ। २०७८ को जनगणनाअनुसार डडेल्धुराको जनसंख्या एक लाख ३९ हजार ६०२ छ। कार्यालयका दर्ता अधिकारी ईश्वरदत्त जोशीका अनुसार जिल्लामा शुल्क तिरेर बिमा गर्नेको संख्या १२ हजार सात सय तीन छ।

कमेन्ट लोड गर्नुस