कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

धनगढी: कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अभिषेक चटौत र सन्देश बोहरा पक्राउ परेका हुन्।

भारतबाट नेपाल से १ प ८८०९ नम्बरको मोटरसाइकलमा आउदै गरेका चटौत र बोहरा एक दशमलव ५२ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। भीमदत्त नगरपालिका–६ का २६ वर्षीय अभिशेक चटौत र भीमदत्त नगरपालिका–७ का ३० वर्षीय बोहरालाई नेपाल प्रदेश प्रहरी महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, गड्डाचौकीको संयुक्त टोलीले पक्राउ गरेको हो।
