सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी सिटीद्वारा नगरपालिकालाई शव चिस्यान यन्त्र प्रदान 

२०८२ जेठ ३, ०२:२८ खबर संवाददाता

धनगढीः लायन्स क्लब अफ धनगढी सिटीले धनगढी उपमहानगरपालिकालाई शव चिस्यान यन्त्र प्रदान गरेको छ।

आज (शनिवार) लायन्स क्लब अफ धनगढी सिटीका अध्यक्ष के.डी. भट्ट, क्लबका पुर्व गभर्नर सि.बी. चन्द र लायन्स क्लब अफ धनगढी सिटीका अन्य नेतृत्वहरुको उपस्थितिमा चिस्यान यन्त्र नगरपालिकालाई हस्तान्तरण गरेको हो। धनगढीले पाँच वटा शव चिस्यान यन्त्र खरिद गरेर नगरवासीलाई सेवा दिँदै आएको थियो। क्लबले आज थप एक वटा शव चिस्यान यन्त्र सहयोग गरेसँगै नगरपालिकासँग अब ६ वटा चिस्यान यन्त्र भएको छ।

टाढा रहेका आफन्त आउने पर्खाइमा तथा छोराछोरी वा अन्य आफन्त विदेश भएका व्यक्तिको मृत्यु भएमा विदेश भएकाहरू नफर्कुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न निःशुल्क रूपमा शव चिस्यानको प्रयोग भइरहेको छ। शव चिस्यान यन्त्रको माग भएपछि धनगढी उपमहानगरपालिकको नगर प्रहरीले मृतकको घरसम्मै पुर्‍याउने गरेको छ।

मृतकको अन्तिम संस्कारका लागि शव बाहिर निकालेपछि शव चिस्यान यन्त्र पुनः उपमहानगरपालिकालाई बुझाउने गरिएको छ। शव चिस्यान यन्त्रको माग बढेकाले छिमेकी पालिकालाईसमेत यो सेवा उपलब्ध गराउनका लागि लायन्स क्लब अफ धनगढी सिटीले चिस्यान यन्त्र सहयोग गरेसँगै जनताको सेवामा थप सहयोग मिल्ने नगरपालिकाले बताएको छ। धनगढी उपमहानगरपालिकाले सुरुमा २०८० मङ्सिरबाट दुईवटा शव चिस्यान खरिद गरि निःशुल्क सेवा सुरु गरेको थियो। 

कमेन्ट लोड गर्नुस