सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्व नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

। फोटो स्रोत ।
२०७६ वैशाख २७, ०३:०३ खबर संवाददाता

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका जिल्ला अध्यक्ष पक्राउ परेका छन्। रुकुम  पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ५ बाट युवा संगठन का जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय  प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएको जानकारीका अनुसार सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्व नेकपा पार्टीको गतिविधिमा संलग्न रहेको, चन्दा आतंक मच्चाइरहेको र विकास निर्माणका काममा अवरोध गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा दुई राउन्ड हवाई फायरसमेत गरेको थियो। 

यस्तै युवा संगठन रुकुमका इञ्चार्ज भास्करले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्। पक्राउ परेका अध्यक्ष शर्माको टाउकोमा चोट लागेको, अमानवीय तरवले कुटपिट गर्दै गोलीसमेत चलाएको भन्दै विज्ञप्तिमार्फत सरकारको विरोध गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस