सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी सचिता बच्चासहित १३ दिनदेखि सम्पर्क विहीन

२०८२ वैशाख ३१, ०२:५७

धनगढी : कैलालीकी एक महिला १३ दिनदेखि सम्पर्क विहीन भएको छ।

जिल्लाको भजनी नगरपालिका–१ गौनहियाकी सचिता रोकाया वैशाख १३ गते बिहानबाट सम्पर्क विहीन भएकी हुन्।

डिल्लीबहादुर बोहराकी ३२ वर्षीया श्रीमती सचिता घरबाट माइत जाने भन्दै निस्किएकीमा सम्पर्क विहीन भएकी हुन्। परिवारका सदस्यले वैशाख १८ गते  बच्चासहित सम्पर्क विहीन भएको भन्दै प्रहरीमा खोजी कार्यका लागि निवेदन दिएका छन्। तर, उनी अझै सम्पर्कमा आएकी छैनन्। खोजी कार्यका लागि आफन्तले आग्रह गरेका छन्।

उनीहरूले महिलालाई देख्नेलाई ९८१२६०७३७६ र ९७६४७३४५६७ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

 

कमेन्ट लोड गर्नुस