भारतको हल्दानीबाट गड्डाचौकी हिडेका जोगन सम्पर्क विहीन

धनगढी : भारतको हल्दानीबाट कञ्चनपुरको खड्डाचौकी हिडेका जोगन बोहरा सम्पर्क विहीन भएका छन्।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ का बोहरा सोमवारदेखि सम्पर्क विहीन भएका हुन्। भारतमा कामको शिलशिलामा गएका बोहरा बिरामी परेपछि सोमवार हल्दानी बसपार्कबाट बोलेको गाडिमा गड्डाचौकी फर्किएका थिए। तर, तीन दिनसम्म बोहरा सम्पर्कमा नआएका आफन्तले बताएका छन्। उनको खोजीका लागि कोतवाली प्रहरी, हल्दानीमा निवेदन दर्ता गरिएको छ।

कञ्चनपुर तथा नेपालमा पनि परिवारका सदस्यहरूले खोजी गर्दै छन्। भारतीय गाडीमा उनी २५० रुपैयाँमा महेन्द्रनगरसम्म लैजाने भनेपछि आएका थिए। भारतीय गाडी चालक पनि सम्पर्कमा नआएको आफन्तले बताएका छन्। बोहरालाई देख्नेले ९८६९७९३७६२ र भारतीय ७८९२८७२१५६मा सम्पर्क गरेर सहयोग गर्न अनुरोध गरिएको छ।
