सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, ३ जना घाइते

२०८३ मंसिर ११, ०७:५८

काठमाडौँ: साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिएको हो। जसअनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ। मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मृतकको परिचयन भने खुलाइएको छैन।

मन्त्रालयले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने जनाएको छ। विवाद र द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन तथा शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई नेपालले आग्रह गरेको छ। नोभेम्बर २४ मा रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एउटा टावरमा आक्रमण भएको थियो। साउदी नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएको थियो।

 

कमेन्ट लोड गर्नुस