सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पाँच दिनसम्म निःशुल्क ज्ञान विज्ञान योग शिविर सञ्चालन

२०८२ वैशाख ३१, १२:३५ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा पाँच दिनसम्म निःशुल्क ज्ञान विज्ञान योग शिविर सञ्चालन गरिएको छ।

विश्व हिन्दु परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा पाँच दिनसम्म ज्ञान विज्ञान योग शिविर सञ्चालन गरिएको हो। धनगढी उपमहानगरपालिका–३ तक्ष शिला ज्ञान आश्रमको प्राङ्गणमा वैशाख २५ गतेबाट २९ गतेसम्म शिविर सञ्चालन गरिएको छ। बिहान साढे ४ बजेदेखि ६ बजेसम्म शिविर सञ्चालन गरिएको थियो। शिविरमा मुख्य योग प्रशिक्षक काशी नाथ भट्टले पतञ्जलि योग समिति सुदूरपश्चिम प्रभारी, धर्मराज कोइराला पतञ्जलि योग हरिद्वारका संस्थापक सदस्य, मदन राज पाण्डेय संरक्षक पतञ्जलि योग समिति नेपाल तथा हेमन्त ओझा पतञ्जलि योग समित कैलाली मार्ग दर्शक कैलाली जिल्ला रहेका थिए।

शिविर उद्घाटन सत्र र समापन सत्रका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐर रहेका थिए। कार्यक्रमको अध्यक्षता विहिप सुदूरपश्चिम प्रदेश अध्यक्ष महेन्द्र राज पन्तले गरेका हुन्। कार्यक्रम संयोजकमा शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गज बहादुर ऐरी तथा सह संयोजक शिव मन्दिर योग केन्द्र कि संयोजक पुष्पा जोशी रहेकी थिइन। करिब १५० जना भन्दा बढिको कार्यक्रममा सहभागिता रहेको आयोजकले बताएको छ।

 

कमेन्ट लोड गर्नुस