सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अत्तरियामा सशस्त्र प्रहरीले मनायो २३ औँ स्थापना दिवस

२०८० माघ ९, ०५:१७ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा सशस्त्र प्रहरीले स्थापना दिवस मनाएको छ। जिल्लाको गोदावर नगरपालिकाको अत्तरियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं। ७ वैद्यनाथ बाहिनीले २३औँ स्थापना दिवस मनाएको हो।

मंगलवार सबहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा बाहिनीले स्थापना दिवस मनाएको छ। कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले देशको शान्ती सुरक्षामा सशस्त्र प्रहरीको भूमिकाको बारेमा प्रशंसा गरे। देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न सशस्त्र प्रहरीले छोटो समयमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको उनको दाबी थियो। देशको सीमा सुरक्षा, अपराधिक गतिविधि नियन्त्रण, महत्वपूर्ण संरचनाहरूको सुरक्षा, मानवअधिकार, लैगिंक हिंसा तथा मानव बेचबिखत लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले काम गर्दै आएको उनले बताए।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति सशस्त्र प्रहरी बल नेपाल नं। ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपानेले देशको सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए। उनले सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा वैद्यनाथ बाहिनी तथा मातहतका गणहरुबाट विभिन्न किसीमका सामाजिक कार्यहरु गरिएको समेत बताए। उनले सामाजिक हितका लागि वाहिनी तथा मातहतका कार्यालयहरुले रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर आयोजना गरिनुका साथै लागु औषध न्यूनिकरण, मानव अधिकार तथा विपद् व्यवस्थापन सम्बन्धी विभिन्न स्कुल, कलेज, क्लब तथा समुदायहरुमा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको बताए।

कार्यक्रममा स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट ससस्त्र प्रहरी जवानहरुलाई पुरस्कृत गरिएको थियो। विभिन्न खेलमा विजयी भएकाहरुलाई समेत सम्मान गरिएको थियो। दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी जवानहरुले सुदूरपश्चिमका कला संस्कृती झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

 

कमेन्ट लोड गर्नुस