सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छुः नेता आले

२०८० माघ ८, ०९:१९ खबर संवाददाता

डोटीः नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री समेत रहका प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्।

सोमवार डोटीको दिपायल सिलगढीमा नेकपा (एकीकृत समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठुलो परिवर्तन आउने दाबी गरे। उनले भने, धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठुलो फड्को मार्नेछ। यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ।’

डोटीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद आलेले यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले आफूले सो राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। पूर्वमन्त्री आलेले विकासका काममा राजनीति गर्न नहुने भन्दै सबै मिलेर आफ्नो जिल्ला र समग्र सुदूरपश्चिम क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए।
 

कमेन्ट लोड गर्नुस