सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार, ६ जना प्रहरी नियन्त्रणमा

२०८० पुष २४, ०१:५१ खबर संवाददाता

बैतडीः बैतडीमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ। दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो।

हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। सोमबार साँझ उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले बताए।

कमेन्ट लोड गर्नुस