सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनि उनी सफल भइन् ...

२०८० पुष २२, ०७:१४

दिपा भण्डारीः कैलालीको विकट गाउँपालिका मोहन्यालमा उनको जन्म भयो। मोहन्यालको वडा नम्बर ७ को बढीगाउँमा २०३८ सालमा जन्मेकी उनले सानै उमेरदेखि घरको काम गर्नु पर्यो। पढाइसँगै घरको काम गर्नुपर्ने दुःख उनका थिए।

बढीगाउँको त्रिवेणी माध्यमिक विद्यालयबाट उनले शिक्षाको सुरुवात गरिन्। तर, कक्षा ८ मा नै उनको बाल विवाह भयो। २०५७ सालमा उनले विवाह गरेकी हुन्। उनले १९ वर्षको उमेर नहुँदै बिहे गरेकी हुन्। बिहेपछि जीवनका ढोकाहरू बन्द भएको उनले सोचिन्। जीवनको लक्ष्य प्राप्ति हुनेमा उनमा आशा थिएन। तर, हरेस भने मनमा थिएन।

उनको नाम हो, पवित्रा कुमारी ढुङ्गाना। उनी अहिले महिलाका लागि एक उदाहरण भएकी छन्। बाल विवाह गरेर पनि शिक्षा क्षेत्रमा उनले सफलता हासिल गरेकी छन्। बाल विवाह गरेकी उनले कक्षा १० ९एसएलसी०पछि अध्ययन गरेको विद्यालय त्रिवेणी माध्यमिक विद्यालयमा अध्यापन गराइन्। उनले ६ महिनासम्म उक्त विद्यालयमा अध्यापन गराएकी हुन्।

त्रिवेणी माध्यमिक विद्यालयमा ६ महिना अध्यापन गराएपछि उनी टीकापुर झरिन्। टीकापुरमा प्रौढ शिक्षकको रूपमा उनले काम गर्न थालिन्। पछि कर्णाली माध्यमिक विद्यालय, टीकापुरमा बाल शिक्षकको रूपमा काम गरिन्। उनका थप अवसरका ढोकाहरू बाल कक्षाको अध्यापनपछि खुलेका थिए। पछि उनले कक्षा ८ सम्मका विद्यार्थीहरूलाई शिक्षण गर्न थालिन। उनले २०६२र०६३ साल तिर टीकापुरको कर्णाली माध्यमिक विद्यालयमा अध्यापनको काम गरेकी हुन्।

शिक्षण पेसाकै लागि उनी अछाम पुगिन्। अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ को गङ्गा माध्यमिक विद्यालयमा अध्यापनका लागि उनी २०६५ असोज ६ गते पुगेकी हुन्। २०६६ देखि २०७७ सालसम्म उनी अछामा रहेर अध्यापनको काम गरिन्। यति गर्दैगर्दा घरको जिम्मेवारी पनि नभएको होइन। सबै जिम्मेवारी बाबजुद पनि उनको सफलतालाई कुनै कुराले छेक्न सकेन। उनका हरेक अवसर र कामहरूमा उनलाई श्रीमानको साथ थियो। आफ्नो अध्ययन परिवारको जिम्मेवारी हुँदाहुँदै पनि अछामको गंगा माध्यमिक विद्यालयमा राहत कोटाको शिक्षक आवश्यकताको सूचना पाएपछि उनी अछाम आएकी हुन्। पवित्रा अछामको गंगा माविको राहत शिक्षक नियुक्त पनि भइन्।

गाउँ आफ्नै भएपनि उनको लागि नयाँ थियो। नयाँ ठाउँ। नयाँ विद्यार्थी र नयाँ सहकर्मी हुँदा सुरुमा अलि अप्ठ्यारो महसुस भयो। न बिराउने, नडराउने, एकदमै मिलनसार स्वभावकी हुँदा पवित्रा विद्यार्थी, सहकर्मी र समुदायसँग छिट्टै घुलमिल भइन्। राहातमा काम गर्दा २०७० सालमा शिक्षक सेवा आयोगको तयारीमा थिएन। तर, असफल भइन। एक दुई पटक असफल हुदैमा हिम्मत हार्नुहुन्न भन्ने आट उनमा थियो। पुनःपरीक्षामा पनि असफल भइन्। असफलता पछि नै सफलता पाइने झिनो आशा उनको मनमा थियो। एक पटक पक्कै पनि सफल हुने छु भन्ने आटका साथ उनले तयारी गरिन। उनी कमजोर कहिलेै बनिनन्। किनकि मेहनत पनि उतिकै थियो। सँगै छोराछोरी हुर्काउनु, सँगै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु। समाजको अगाडि एक असल शिक्षक बन्नु पनि त्यति सजिलै त कहाँ थियो रु

स्थायी शिक्षक भएर पढाउने उनको सपना नै थियो। पढाउदै गर्दा र छोराछोरी हुर्काउदै गर्दा २०७५ सालको आयोगमा उनी सफल भइन। मेहनतको फल पक्कै पाइदो रहेछ भन्ने विश्वास उनमा थियो। आयोग पास हुँदासम्म उनको यो विद्यालयमा १२ वर्ष बितेको पत्तै पाइनन्। त्यसपछि आफ्नो एक वर्षको परीक्षण काल सकेर कैलालीको बटनपुर फर्किन्।

यो समयमा उनले स्कुलमा पढाउने मात्र नभइ सामाजिक कार्यमा पनि योगदान दिएकी छन। छाउपडी कुप्रथाले बदनाम भएको अछाम जिल्लामा छाउगोठमा बस्न हुन्न र यो बेला घरमा सुरक्षित ठाउँमा बस्ने भन्दै थुप्रै ज्ञान समेत उनले बाढीन। कला, संस्कृतिलाई पनि प्रलय माया गर्ने उनका गतिविधि समाजका सबै नागरिकले मन पराएका थिए।

फेरि २०७७ सालमा उनी कैलालीको टीकापुर फर्किईन। उनी अहिलेसम्म टीकापुर नगरपालिकाको वडा नम्बर ८ को त्रिभुवन माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएकी छन्। कक्षा ८ मा नै विवाह गरेकी उनी अहिले महिलाका लागि एक उदाहरण भएकी छन्। शिक्षण पेसासँगै अध्ययनलाई समेत निरन्तरता दिएकाले उनी उदाहरण भएकी हुन्।

पवित्राले २०७० सालबाट शिक्षक सेवाको तयारी सुरु गरिन्। २०७५ सालमा सफल पनि भइन्। उनको सफलताका पछाडि कडा मेहनेत तथा परिश्रम छ। उनको सानै उमेरमा बिहे भएपछि पनि शिक्षा क्षेत्र नछोडेकाले लामो समयपछि स्थायी शिक्षक भएकी हुन्। उनले स्थायी शिक्षकमा नाम निकाल्नका लागि परिवार तथा समाजसँग सङ्घर्ष गर्नुपरेको थियो। महिनावारी नभएकै उमेरमा बिहे गरेकी उनले बुहारीले पढ्नु हुँदैन भन्ने रूढिवादी परम्परालाई तोडेकी हुन्। उनले परिवार र समाजसँग पढ्न जिद्दी गरेकी थिइन्। उनको जिद्दीको अगाडि समाज र परिवारको दबाबले काम गरेन। बिहेपछि कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययन सुरु गरेकी थिइन। उनले चुलो चौकादेखि घरका सबै कामहरूसँगै अध्ययनलाई समेत निरन्तरता दिएकी हुन्। श्रीमानको सहयोगमा उनले अध्ययन गरेकी हुन्।

उनको यो सफलताले भन्न मन लाग्छ, 'आगनदेखि चुलोसम्म महिला, जङ्गल, स्कुल, अफिससम्म महिला। छाउ गोठदेखि घर अनि मन्दीरसम्म महिला। सदनदेखि संसदसम्म पनि महिला। एक महिलाले सबैको मन जित्छिन (श्रीमान, सासू ससुरा, छोराछोरी आदि)।'

 

कमेन्ट लोड गर्नुस