सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानको लाहोरमा बम विस्फोट : ८ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख २५, १२:५२ खबर संवाददाता

पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने, २४ जना घाईते भएका छ। लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर बम विस्फोट भएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ। सुरक्षामा खटिएको एक गाडीलाई निशाना बनाएर बम विस्फोट गराइएको प्रहरी अधिकारीहरुले बताएका छन्। विस्फोटमा घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ। 

विस्फोटपछि त्यस इलाकामा ठूलो संख्यामा पुलिस अधिकारीहरु तैनाथ गरिएको छ। विस्फोट गराइएको क्षेत्रमा खोजतलासी जारी रहेको छ। अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन। लाहोर पुलिसका डीआईजी मोहम्मद अशफाकले दरगाहबाहिर खडा गरिएको पुलिस अधिकारीको गाडीलाई निशाना बनाइएको बताए। दाता दरबार दरगाह दक्षिण एसियाको सबैभन्दा पुरानो दरगाहमध्ये एक हो। सन् २०१० मा पनि त्यहां भएको विस्फोटमा ४२ जनाले ज्यान गुमाएका थिए।

कमेन्ट लोड गर्नुस