सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र बैतडीका २ न्यायधिशसहित ३९ जना उच्च अदालतमा नियूक्त

२०८० पुष १८, ०६:०० खबर संवाददाता

धनगढीः कैलाली र बैतडी जिल्ला अदालतका न्यायधिश दुबैलाई उच्च अदालतमा नियूक्त गरिएको छ।

कैलालीका ओमप्रसाद अर्याल र बैतडीका जयानन्द पनेरु उच्च अदालतमा नियूक्त भएका छन्।  न्याय परिषद्ले अर्याल र पनेरुसहित उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो। बुधवार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको जनाइएको छ।

अर्याल र पनेरुसंगै जिल्ला अदालतका न्यायाधीशबाट २६ जना उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। यस्तै परिषदले उच्च अदालत दीपायलका न्यायधिश गणेश ठकुरीलाई उच्च अदालत विरगञ्ज सरुवा गर्ने भएको छ।
 

कमेन्ट लोड गर्नुस