सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम लोक सांस्कृतिक समाजको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने

२०८० पुष १३, ०८:०६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा सुदूरपश्चिम लोक सांस्कृतिक फूलवारी मेला तथा प्रादेशिक सम्मानित खुल्ला डेउडा प्रतियोगिता सञ्चालन हुने भएको छ।

डेउडा तथा लोक संस्कृतिको संरक्षणका लागि भुँवा पर्वको अवसरमा सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलावारीको आयोजनामा पुस २५ देखि प्रतियोगिता आयोजना हुने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी गराएको हो। उक्त मेला तथा प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने छ।

प्रतियोगितामा भाग लिन शुक्रवारदेखि आवेदन खुल्ला गरिएको समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए। प्रतियोगितामा सहभागि हुन चाहने समुहले एक हजार शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ। ‘देउडा प्रतियोगितामा भाग लिन आजदेखि २४ गते वेलुका ४ बजेसम्म दर्ता गर्न सकिने छ। समुहले यस समाजको बैंक खातामा रकम जम्मा गरि स्क्रिनसट पेजमा राखेर वा संस्थाको सम्पर्क कार्यालयमार्फत पनि दर्ता गर्न सक्ने छ’ अध्यक्ष ओलीले भने ‘दर्ता भएका समुहको गोलापर्थामार्फत खेल तालिका सार्वजनिक गरिने छ।

प्रत्येक टिममा पाँच देखि १५ जना समावेश गर्न सकिने छ।’ प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रोलाई २५ र तेस्रो १० हजार पुरस्कार राशी प्रदान गर्ने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता तथा महोत्सवमा निशूल्क प्रवेश रहेको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस