सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बैयावेहडीबाट मदिरा बनाउने कच्चा पदार्थ बरामद 

फाइल फोटो
फाइल फोटो
२०८० पुष ११, ०७:४९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयावेहडीबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरिएको छ।

वडा नम्बर-२ बैयावेहडी गाउँको एरियाबाट अन्दाजी १४०० लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलवार साँझ प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित मदिरा बनाउन प्रयोग गरिने भाडावर्तन समेत नियन्त्रणमा लिएको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस