सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा तालिवानी विद्रोही समुहकोे आक्रमण, १३ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०५:४२ खबर संवाददाता

अफगानिस्तानमा तालिवानी विद्रोही समुहले गरेको आक्रमणमा परि १३ जनाको मृत्यु भएको छ। अफगानिस्तानको पुल ए खुमरीमा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएर विस्फोट गराइएको हो।

विस्फोटलगतै आक्रमणकारीहरु हातहतियारसहित प्रहरी चौकी प्रवेश गरेका थिए। विस्फोटपछि सुरक्षाकर्मी र तालीवानी विद्रोहीबीच झडपसमेत भएको छ। झडपमा दर्जनौ घाइते भएका छन्। अफगान सरकारले युद्धविरामका लागि गरेको आग्रह अस्वीकार गरेको केही समयपछि प्रहरी चौकी लक्षित आक्रमण भएको हो। 
 

कमेन्ट लोड गर्नुस