सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्रथम प्रज्ञा सभा सम्पन्न

२०८० पुष ६, १०:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्रथम सभा एबम् परिषद् बैठक सम्पन्न भएको छ। शुक्रवार धनगढीमा प्रतिष्ठानका कुलपति तथा प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभा बैठकले प्रतिष्ठानको ऐन संशोधन प्रकृया तत्काल अगाडि बढाउने, प्रतिष्ठानलाई पूर्ण स्वायत्त बनाउन पहल गर्ने, कार्यसमितिलाई छिटो पूर्णता दिने र कार्यालय जनशक्ति व्यवस्थापन गर्ने तथा कार्यक्रम कार्यान्वयन ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकमा प्रतिष्ठानका कुलपति तथा मुख्यमन्त्री शाहले प्रतिष्ठानलाई स्वायत्त र स्रष्टामुखी बनाउन आफू प्रयत्नशील रहने र चाँडै ऐन संशोधनका लागि प्रदेश सभामा पठाउने जानकारी दिए। सामाजिक विकास मन्त्री तथा प्रतिष्ठानका सहकुलपति झपटबहादुर साउदले ऐन संशोधनका लागि मन्त्रालय अगाडि बढेको बताउदै राय परामर्सका लागि अर्थ र कानून मन्त्रालय पठाइएको बताए। अर्थ र कानूनले अनुमति दिने बित्तिकै प्रस्ताब क्याबिनेटमा लैजाने उनले बताए।

सभामा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले कुलपति तथा सहकुलपति समक्ष प्रतिष्ठान चाँडो पूर्णता दिन र ऐन संशोधन तत्काल गरि स्वायत्त बनाउन लिखित आग्रह गरे। उपकुलपति नियुक्त भएको १५ महिना भैसक्दा पनि प्रतिष्ठानले पूर्णता नपाएको, ऐन संशोधन नहुदा कतिपय कारबाही अगाडि बढ्न नसकेको,कार्यालय सञ्चालनमा कठिनाइ भैरहेको, ऐनमा सेवा सुबिधा उल्लेख नभएकोले तत्काल ऐन परिमार्जन गरि केन्द्रको नेपाल प्रज्ञा जस्तै अधिकार सम्पन्न बनाउन सरकारसमक्ष अपील गरेका छन्। उनले सबै कुरा बुझेर पनि केही स्रष्टाहरू ब्यक्तिगत प्रतिशोधमा लागिरहेको देखिएकोले स्रष्टाहरूलाई संयमित हुन र यथार्थ बुझिदिन पनि आग्रह गरेका थिए। ऐन संशोधन प्रदेश सभाको विषय भएकोले सभाले त्यसको टुङ्गो चाँडै टुङ्गो लगाउने अपेक्षा उपकुलपति जोशीको छ। 
 

कमेन्ट लोड गर्नुस