सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

२०८० पुष ४, ०७:२८ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्युु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका-१ स्थित जंगल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-२ बिशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्युु भएको हो। गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस