सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘चित्रा’को टिजर सार्वजनिक

२०८० पुष ३, ०५:४३ खबर संवाददाता

काठमाडौँः  घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ। आज (मगंलवार) विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो।

यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ। फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ। टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई देखाइएको छ।

फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ। फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन्।

अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ। महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ।
 

कमेन्ट लोड गर्नुस