सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पुजार सार्की’मा मुख्य नायिकाको रुपमा अन्जना र परीक्षा

२०८० पुष २, ०४:१३ खबर संवाददाता

काठमाडौँः निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पुजार सार्की’मा अभिनेत्रीको रूपमा अन्जना बराईली र परीक्षा लिम्बु भित्रिएका छन्। निर्देशक राउतले फिल्मको अभिनेत्रीमा बराईली र लिम्बु छनौट भएको बताए।

बराईलीले महापुरुषबाट अभिनय सुरुवात गरेकी हुन् भने लिम्बुले जारी, छक्का पन्जा ४ मा अभिनय गरेकी छन्। फिल्मको अभिनेतामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह यसअघि नै छानिएका छन्। फिल्मको आगामी माघ महिनादेखि छायांकन प्रारम्भ हुनेछ। विकास सुवेदीले लेखेको यो फिल्ममा सुभाष भुसालको लगानी रहने छ।
 

कमेन्ट लोड गर्नुस