सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसले लोकतन्त्रका लागि मेला अभियान चलाउने

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०४:१९ खबर संवाददाता

नेपाली कांग्रेसले लोकतन्त्रका लागि मेला अभियान चलाउने भएको छ। पार्टीको केन्द्रदेखि वडा तहसम्म लोकतन्त्रका लागि कांग्रेस मेला अभियान चलाउने भएको हो। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संघ, प्रदेश, जिल्ला, क्षेत्र, गाउँरनगर र वडामा कांग्रेस मेला गर्न लागेको जनाएको छ। 

पार्टीले देशैव्यापी सञ्चालन गर्न लागेको राष्ट्रिय जनजागरण अभियान पूर्ण रूपमा सफल पार्न प्रतिष्ठानका कार्यक्रम समन्वयात्मक रूपमा गर्ने तथा दुवै संसदका सांसदलाई प्रशिक्षण दिने पनि प्रतिष्ठानको तयारी छ। कांग्रेसबाट जितेका गाउँपालिका प्रमुख र उपप्रमुखको भेला काठमाडौंमा गर्ने, भातृ र शुभेच्छुक संस्थालाई प्रशिक्षण दिने, कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गर्न १३ वर्षदेखि २८ वर्ष उमेरसम्मकालाई प्रशिक्षण गराउने लगायतका कार्यक्रम रहेका छन्। 

पार्टी सचिव मुक्ति आचार्यले आइतबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार वैशाख १९ देखि आजसम्म चलेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।

कमेन्ट लोड गर्नुस