सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको कांग्रेस नेता रिजालको आरोप

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०३:२० खबर संवाददाता

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पूर्वाधार तथा रोजगारीको सन्दर्भमा सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाकोे बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नाराबाट नभइ संसदमा राजनीतिक दलहरुसँग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिएका छन्। 

उनले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा, लोकतन्त्रलाई बलियो बनाउने नभइ आधारभूत संरचनालाई कमजोर बनाउने र नीतिगत स्पष्टता नराखी लामो फेहरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए। नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिँड्ने काम गरेको आरोप समेत गाए। उनले भाषागत र शैलीको कुरा मात्रै नभइ प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह समेत गरे। 

२३ जना सांसदले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संयुक्त संशोधनकर्ताको तर्फबाट कांग्रेसका सांसद रिजालले आफ्नो धारणा राखेका हुन। 

कमेन्ट लोड गर्नुस