सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

२०८१ कार्तिक ८, ०९:३५ खबर संवाददाता

पोखरा: सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ। 

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय  पुरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो। आज उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने कास्कीका एसपी श्यामबावु ओलियोले बताए।

उनले भने, ‘आज दोस्रोपटक म्याद लिन्छौँ, अरू अनुसन्धानको प्रक्रिया भइरहेको छ।’ लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस