सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक

२०८० मंसिर २८, ०९:३९ खबर संवाददाता

काठमाडौँः बिहीवार (आज) चलचित्र ‘दान्भी’ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ‘दान्भी’ टिजरले पूजालाई परम्परागत चरित्र चित्रणबाट अलग रुपमा दर्शाउँछ। टिजरमा उनी भरपुर एक्सन दृश्यमा देखिएकी छिन्।

भिलेनलाई धुलाई गर्नेदेखि खतरनाक स्टन्ट दृश्यमा उनी प्रस्तुत छिन्। एक्सन जनराको फिल्ममा पूजाको यो डेब्यु अवश्य हो। एक मिनेट ३२ सेकेन्ड लामो टिजर पूजाको वानम्यान शोजस्तै देखिन्छ। तर टिजरमा को–एक्टर कुन्साङ बम्जन छायामा छन्। उनको चरित्र चित्रण कमजोर देखिन्छ।

फिल्ममा रेखा थापा पनि रहेकी छन्। सन् २०२४ मा प्रदर्शन हुने जनाइएको यो फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन्। डेब्यु एक्टर बम्जनसँग पूजाको अनस्क्रिन जोडी बाँधिएको छ।
 

कमेन्ट लोड गर्नुस