सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध कारोबारी पक्रन ललितपुरमा प्रहरीले गोली चलायो

२०८० मंसिर २६, ०२:१० खबर संवाददाता

काठमाडौंः ललितपुरको झम्सिखेलमा प्रहरीले गोली चलाएको छ।

लागुऔषध कारोबारीको आंशकामा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागु औषध कारोबारी अविनाश राईलाई पक्राउ गरेको हो।

एसपी रवीन्द्र रेग्मीले प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाउनु परेको बताए। गोली लागेर घाइते भएका राईलाई उपचारका लागि अस्पताल लगिएको छ। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको साथबाट आइस ड्रगका साथै एक थान पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस