सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार टीकापुरका एक युवक पक्राउ

२०८१ पुष ११, ०८:१४ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका टीकापुरका एक युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०८० चैत ७ गतेको फैसलाले लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना कैद सजाय तोकेपछि फरार रहेका टीकापुर नगरपालिका–२ अस्नेरी बस्ने २९ वर्षीय अशोक थापामगर पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस