सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एम्बुलेन्स चालक चरेससहित पक्राउ

२०८० मंसिर २५, ०१:५० खबर संवाददाता

धनगढीः बिरामी बोक्ने एम्बुलेन्सका चालक धनगढीमा चरेससहित पक्राउ परेका छन्। बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेका हुन्।

धनगढीको बोराडाँडीमा एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेका हुन्। बझाङबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

सुदूरपश्चिम प्रदेश ००१ झ ०५४२ नम्बरको एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेको प्रहरीले जानकारी गराएको हो। बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका–३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो।  एम्बुलेन्सबाट २ किलो ८ सय ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस