सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्राज्ञिक संगठनको तेस्रो महाधिवेशन सम्पन्न

२०८० मंसिर २३, ०९:४५ खबर संवाददाता


धनगढीः नेपाल प्राज्ञिक संगठनको तेस्रो महाधिवेशन सम्पन्न भएको छ। शनिवार संगठनका अध्यक्ष अर्जुनसिंह नेगीको अध्यक्षता तथा सुदूरपश्चिम विश्वविद्यालय का उपकुलपती प्रा.डा. अम्मराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन डा. भवानसिंह चलाउने, सहायक डिन डा. मदनसिह देउवा, विभिन्न विभागका विभागीय प्रमुखहरु, प्राध्यापकहरु, विभिन्न विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो। शनिवार बिहान महेन्द्रनगरको होटेल ओपेरामा सुरु भएको कार्यक्रममा सङ्गठनका महासचिव गम्भीर चन्द र सचिव हर्ष चन्दले संयुक्त रुपमा २ बर्षे कार्यकालमा भएका कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले संगठनले गरेका कार्यक्रमहरु एवं आत्मसात गरेको उद्देश्यको प्रशंसा गर्दै संगठनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए। उक्त कार्यक्रममा नयाँ सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको जानकारी कार्यसमिति सदस्य दीपकराज भट्टले बताए।शैक्षिक अनुसन्धानका विभिन्न क्षेत्रहरू जस्तै समाजशास्त्र, विज्ञान, ईतिहास, अर्थशास्त्र, भाषा तथा साहित्यमा भएका अनुसन्धानबाट प्राप्त नतिजाहरू सार्वजनिक गर्ने, विभिन्न शैक्षिक अनुसन्धानका लागी उत्प्रेरित गर्ने यस सम्बन्धि तालिम गोष्ठीहरू सञ्चालन गर्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने तथा समग्रमा विद्यालयहरु तथा विश्वविद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका कायृहरु गर्दै आएको छ।

उक्त महाधिवेशनबाट संगठनको विधान संशोधन गर्दै आगामी ३ वर्षको लागी बंशीधर जोशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा गम्भीरबहादुर चन्द, महासचिव डा दीपकचन्द्र भट्ट, सचिवमा हर्षबहादुर चन्द, सहसचिवमा डा. मदन सिह देउवा, कोषाध्यक्षमा निर्मला धामी चयन भएका छन्। यस्तै सदस्यहरुमा डा. प्रयागराज जोशी, राजेन्द्रप्रशाद जोशी, पृथ्वीराज भट्ट, दीपकराज भट्ट, मनिशा उपाध्याय, हेमा जोशी र भानुभक्त जोशी चयन भएका छन्।
 

कमेन्ट लोड गर्नुस