सुदूर नेपाललाई विश्वसँग जोड्दै

दयाहाङ राईको मुख्य भुमिकामा चलचित्र ’दुखी आत्मा’ बन्ने

२०८० मंसिर १३, ०५:०३ खबर संवाददाता

काठमाडौँः  निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म बनाउने भएका छन्। उनको नयाँ फिल्मको नाम ’दुखी आत्मा’ राखिएको छ। निर्देशक लामाले सामाजिक सञ्जालमार्फत हाल फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिएका छन्।

क्लकवर्क क्रियसन्स प्रालिले बनाउन लागेको फिल्ममा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। बाँकी कलाकार र प्राविधिक बारे केही समयपछि जानकारी दिने बताइएको छ। यस फिल्ममा हिमाल कडरियाको लगानी रहनेछ।

कडरियाले यसअघि लामाले निर्देशन गरेको फिल्म ’नांगो गाउँ’ मा लगानी गरेका थिए। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। निर्देशक दीपेन्द्र र दयाहाङको यो चोथौ सहकार्य हो। उनीहरूले ’घामपानी, दुई नम्बरी र नांगो गाउँ’ मा एकसाथ काम गरेका थिए।

कमेन्ट लोड गर्नुस