सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदर्शक र निर्माताबिचको विवाद मिल्यो

२०८० मंसिर ७, ०५:५२ खबर संवाददाता

काठमाडौँः  नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच रहेको शेयर बाँडफाँडको विवाद टुङ्गिएको छ। नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले गठन गरेको वार्ता टोलीको बिहीवार बसेको बैठकले दुवै संस्थाले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमतिमा विवादलाई निकास दिएका हुन्।

प्रदर्शन र निर्माताले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमति नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच भएको नेपाल चलचित्र सङ्घका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए। केही अगाडि फिल्म ‘दिमाग खराब’ टिमले सो र ५० प्रतिशत शेयर बाँडफाँडको कुरा उठाएर हलबाट उतार्ने घोषणा गरेको थियो।

चलचित्र सङ्घ र निर्माता सङ्घका प्रतिनिधिहरू पहिलो चरणको वार्ता बस्दै ‘दिमाग खराब’ को प्रदर्शनलाई निरन्तरता दिँदै वार्ता अगाडि बढाउने सहमति गरेका थिए। दोस्रो चरणको वार्ताका लागि प्रदर्शक र निर्माताको तर्फबाट छुट्टाछुट्टै वार्ता टोली गठन भएका थिए। प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको थियो। 
 

कमेन्ट लोड गर्नुस