डडेल्धुराको गन्यापधुरामा भोलि बिदा
डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले शुक्रवार (भोलि) स्थानीय बिदा दिएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ बडाल गणेशपुरमा रहेको लाटागन्याप मन्दिरमा लाग्ने बडाल जातको अवसरमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ।
लाटागन्याप मन्दिरमा कार्तिक शुक्ल दशमीको राति रतेडी र एकादशीको दिन मेला लाग्ने गर्दछ। लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जातमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ। मेला व्यवस्थापन समितिले मेला अवधिभर जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको जनाएको छ।